शुक्रबार, १४ वैशाख २०८१

आफैं भोट हाल्न पाउँदैनन् महिला ! यस्तो छ कारण

समयपोष्ट २०७४ मंसिर ७ गते ३:२४

जयपृथ्वी नगरपालिका १ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ । उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन् । उनी मोवाईल चलाउँछिन् मतपात्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुट्याउन सक्छिन् तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् । 

Advertisement

उनी सिद्धा हूम्लाको साविक लाली गाविसबाट २०५३ मा विवाह गरी बझाङ आएकी  हुन् । उनी आएपछि ५ पटक चुनाव भयो । कुनै पनि चुनावमा उनले मतदान गर्न भने पाईनन् ।

भोट हाल्न जानुपर्छ भनेर घरमै बोलाउन आउँछन् । अब भोट हाल्ने बेला हुन्छ तपाई बिगार्नुहुन्छ हामी बालिदिन्छौं भनेर मतपत्रा खोस्छन् । उनले भनिन् गाउँकै जान्नु सुन्नेले त्यसो भनेपछि कसरी नाई भन्नु, उनीहरुले मत हाल्छन् । 

हामी नङमा रङ मात्र लगाएर फर्किन्छौं । उनले आफु मात्र होईन गाउँका अधिकांस महिलाको मत दलका एजेन्ट कार्यकर्ताल आफन्त र छिमेकीहरुले हालिदिने गरेको सुनाईन । कान्तिपुरबाट

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री