शुक्रबार, ७ वैशाख २०८१

गीत गाउँदागाउँदै मञ्चमै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन

समयपोष्ट २०७४ मंसिर ५ गते १२:२४

बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गीत गाउन चितवनमा गएका एक जनकलाकारको मृत्यु भएको छ ।

Advertisement

उनले उठ जाग यूवाहरु बोलको गीत गाएर यूवाहरुलाई उत्साहीत बनाएर मञ्चमा बसे । त्यसको केहीबेरपछि उनले अफ्ठारो भयो भन्दै असहजिलो माने । लगत्तै ढले । 

उनलाई गोपाल न्यौपानेलगायतका माअ‍ोवादीका स्थानीय नेताले अस्पताल लगे । अस्पताल जाँदाजाँदै पाख्रिने बाटो वान्ता गरेका थिए । न्यौपानेका अनुसार उनको शरीर चिसो भैसकेको थियो । उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालमा लगेपछि त्यहाँ डाक्टरले ढिला भैसकेको खवर सुनाए । 

डाक्टरका अनुसार जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको हो ।  पहिला अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरे ।  पछि जुन मञ्चमा उनी ढलेका थिए, त्यहीँबाट मृत्यु भएको घोषणा गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री