बिहीबार, १३ वैशाख २०८१

बनेपामा गाडीको ठक्करले पैदल यात्रुको मृत्यु,अरनिको राजमार्ग अबरुद्ध

समयपोष्ट २०७४ मंसिर ४ गते १०:००

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बोलेरो गाडीको ठक्करले पैदल यात्रुको मृत्यु भएको छ ।  बा१८च ३११९ नम्बरको  बोलेरो गाडीको ठक्करबाट ५८ वर्षीय बाबु विष्ट मृत्यु भएको हो । बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका उनलाई  शिरमेमोरियल अस्पताल पुर्याईएको थियो । उनको अस्पतालमा मृत्यु भएको हो । विष्टको मृत्यु पछि काभ्रेको बनेपा-१० जनागाल तनावग्रस्थ बनेको छ । 

Advertisement

विष्टका अाफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ ।

ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले सडकमा फुटपातको व्यवस्था गर्न, सडकमा ट्राफिक विटको व्यवस्था गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री