शनिबार, ८ वैशाख २०८१

रिलायन्स फाइनान्सले जारी गर्यो हकप्रद शेयर,कहिलेसम्म आवेदन दिन सकिन्छ ?

समयपोष्ट २०७४ मंसिर ४ गते ६:०३

रिलायन्स फाइनान्सले चुक्ता पूँजीको ४५ प्रतिशत हकप्रद शेयर जारी गरेको छ । हकप्रदमा  मंसिर २२ देखि पुष २७ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।  मंसीर ७ गतेसम्म कायम भएका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ। 

Advertisement

२३ लाख छ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । हकप्रदका लागि सनराइज क्यपिटल कमलपोखरी, रिलायन्स फाइनान्सका सम्पुर्ण शाखा, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगंज, वुटवल, धरान, नेपालगञ्ज, लहान, द,मक राजविराजबाट आवेदन दिन पाइने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री