मंगलबार, ११ वैशाख २०८१

होटल सोल्टीको नाफामा उच्च गिरावट् , कारण यस्तो छ

समयपोष्ट २०७४ मंसिर ३ गते ८:१६

होटल सोल्टीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनीक गरेको छ । सोल्टीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३५ लाख ३५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । होटलले गतबर्षको यसै अवधीमा ३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । होटलको नाफामा अत्याधिक गिरावट आउनुको कारण हिमालयन विंग भवनमा रहेका १७७ कोठा स्तरोन्नेती तथा भित्री सजावटका लागिबन्द हुनु रहेको जनाएको छ ।

Advertisement

यस अवधिमा होटलले २६ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा होटलको आम्दानी २९ करोड ४१ लाख रुपैयाँ थियो । होटलको चुक्ता पूँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८३ करोड २७ लाख रुपैयाँ रहेको छ।

सोल्टीको प्रति सेयर आम्दानी ०.६ पैसा, प्रति सेयर अंकित मूल्य १० रुपैयाँ, प्रति सेयर नेटवर्थ २४ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री