शनिबार, १५ वैशाख २०८१

अस्पताल ल्याउनभन्दा तीन घण्टा अघि नै प्रकाशको निधन

समयपोष्ट २०७४ मंसिर ३ गते ७:२३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातका कारण मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै डाक्टहरुले प्रकाशको मृत्यु आकस्मिक हृदयघातबाट भएको जानकारी दिएका हुन् ।  

Advertisement

बिहान ५ बजेर ५० मिनेट जाँदा प्रकाश दाहाललाई अस्पताल पुर्याइएको थियो । डा जेपी जैसवाल र यादव भट्टका अनुसार अस्पताल ल्याइपुर्याउँदा मुटुको धड्कन बन्द भइसकेको थियो, श्वासप्रश्वास केही पनि थिएन । 

आँखाको नानी पनि डाइलेटेड भइसकेको थियो भने शरीरको रिफ्लेक्स पनि थिएन । शरीर कडा भइसकेको थियो ।

डाक्टरहरुले अस्पताल ल्याउन भन्दा तीन घण्टा अघि नै निधन भइसकेको बताए ।

‘इसिजी गर्दा पनि केही नभेटिए पछि हामीले परिवारलाई बिहान ६ बजे प्रकाश दाहाललाई मृत घोषित गरेका हौँ,’ डाक्टरहरुले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री