शुक्रबार, ७ वैशाख २०८१

भारतकी मानुषीलाई मिस वर्ल्डको ताज

समयपोष्ट २०७४ मंसिर ३ गते २:३२

 भारतकी मानुषी चिल्लरले सन् २०१७ को मिस वर्ल्डको ताज पहिरेकी छिन् । सन् २००० मा प्रियंका चोपडाले यो ताज जितेको १७ वर्षपछि भारतले फ्रेरि यो उपाधि हात पारेको हो ।

Advertisement

चीनको सान्या सहरमा आयोजित भव्य कार्यक्रमबीच विभिन्न देशका १०७ प्रतिस्पर्धीलाई पछि पार्दै चिल्लरले यो उपाधिमाथि कब्जा जमाइन् । उनलाई सन् २०१६ की मिस वर्ल्ड प्युट्रो रिकोकी स्टेफेनी डेल भालेले ताज पहाराइदिइन् ।

वेलायत, फ्रान्स, केन्या र मेक्सिको टप फाइभमा पुगेका थिए । २१ वर्षीय चिल्लर हरियाना राज्य हुन् । उनी यसअघि फेमिना मिस इन्डिया घोषित भएकी थिइन् । उनी हाल दिल्लीमा बस्दै आएकी छिन् । सोनीपतको मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन् । उनका मातापिता दुवै डाक्टर हुन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री