शुक्रबार, १४ वैशाख २०८१

दुई भन्दा बढी डीम्याट खाता हुने लगानीकर्तालाई सीडीएससीले खाता बन्द गर्न दियो ३५ दिने म्याद

समयपोष्ट २०७४ मंसिर १ गते ९:००

केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले दुई भन्दा बढी हितग्राही(डीम्याट) खाता हुने लगानीकर्तालाई ३५ दिन भित्र खाता बन्द गर्न गरेको छ । ३५ दिन भित्र खाता बन्द नगरे कारोबार रोक्का गरिने सीडीएससीले जनाएको छ । लगानी ब्यबस्थापनमा सहभागी हुनेलाई भने लगानी ब्यबस्थापन अनुसार खाता खोल्न सक्ने छुट दिएको छ ।

Advertisement

यस अघिनै सीडीएससी कार्तिक २६ गते सुचना जारी गरी दुई भन्दा बढी खाता हुनेलाई बन्द गर्न आग्रह गरेको थियो। तर अझै केहि लगानीकर्ताले अटेर गर्दै दुइ भन्दा बढी खाता संचालन गरेको हुदा सीडीएससीले खाता बन्द नगर्ने लगानीकर्ताको खाता बन्द गर्ने चेतावनी दिएको हो।    

  

प्रतिक्रिया

सम्बन्धित सामाग्री