शुक्रबार, १४ वैशाख २०८१

राणालाई भोट माग्दै नायिका पुगिन् माझीगाउँ

समयपोष्ट २०७४ मंसिर १ गते २:४६

नायिका रेखा थापा बिहीबार साँगाचोक भीमटारस्थित पिछडिएका अल्पसंख्यक समुदाय माझीगाउँमा भेटिइन् । उनले गाउँलेहरुसँग भलाकुसारी गरिन् । सन्चोबिसन्चो सोध्दै गाउँका दुखसुख सोधिन् । केटाकेटीसँग पढाइबारे जानकारी लिइन् ।

Advertisement

इन्द्रावती नदीको यो सुन्दर गाउँमा उनी फिल्म सुटिङका लागि भने आएकी थिइनन् । केही समय फिल्मकर्म स्थगित गरेर उनी चुनावी अभियानमा यहाँ आइपुगेकी हुन् ।

उनी राप्रपा प्रजातान्त्रिककी सहमहामन्त्री पनि हुन् । पार्टी अध्यक्ष पशुपतिशमशेर राणा सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्याको प्रतिस्पर्धामा छन् ।

त्यसैले नायिका थापालाई राणाको पक्षमा भोट माग्ने चटारो थपिएको हो । ध्रुव दंगाल/ नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री