शनिबार, ८ वैशाख २०८१

ओपो ‘एफ फाइभ’ नेपाली बजारमा ,यस्ता छन् विशेषता

समयपोष्ट २०७४ कार्तिक २९ गते ४:५६

ओपो मोबाइल्सले ओपो एफ फाइभ नेपालमा बिक्री सुरु गरेको छ । मंगलबार एक कार्यक्रमबीच यो मोबाइल सार्वजनिक गरियो । एफएचडी र फूल स्क्रिन डिस्प्ले  भएको यस मोबाइलमा कम्पनीले अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध गराएको छ । यो प्रविधिले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने कम्पनीको दावी छ । मोबाइलमा अल्ट्रा सेन्सिटिभ एफ २.० एपर्चर र १/२.८ सेन्सर सहित २० मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गरिएको छ ।

Advertisement

दुबै फिचर्सले क्यामेरालाई अधिक सुचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत न्वाइज न्यूनिकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न सघाउँछ । फ्रण्ट क्यामेरा पोट्र्रेट मोडले तस्विरको पृष्ठभुमीमा बोके ईफेक्टको प्रयोग गरी हरेक सेल्फीमा प्रमुख विषयलाई केन्द्रमा राख्दै उत्कृष्ट तथा आकर्षक तस्विर खिच्न सघाउँछ ।

फोनमा रहेको १६ मेगा पिक्सेल क्षमताको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दावी छ । कम्पनीका अनुसार एफ१.८ एपर्चर सहितको ब्याक क्यामेराले उज्यालोमा उत्कृष्ट प्रदर्शनी गर्नुका साथै अध्यारो अवस्थामा समेत गुणस्तरिय तस्विर लिन सघाउँछ । 

बर्षौँको खोजपछि नेपाली बजारमा सेल्फी फिचरमा आर्टिफिसियल ईन्टेलिजेन्सी सहित सार्वजनिक गरिएको ओपो एफफाइभ नै पहिलो स्मार्टफोन भएको दाबी गरिएको छ ।कम्पनीका अनुसार यसले ग्लोबल डाटाबेस अनुसार अनुहारको आकार तथा प्रकारको पहिचान गर्छ । सेल्फीलाई थप प्राकृतिक र वास्तविक बनाउने सोचका साथ ब्यवसायिक फोटोग्राफर्स तथा मेक–अप आर्टिस्टहरु संग परामर्श लिइएको कम्पनीले जनायो।

कम्पनीका अनुसार २ सय भन्दा बढी फेशियल रिकग्निसन स्पट्स सहित खिचिएको तस्विरलाई ग्लोबल डाटावेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसंग तुलना गरी विषयको स्किन टोन, प्रकार, लिंग, उमेर लगायतका आधारमा पहिचान गर्छ । यसरी अनुहारको पहिचान पश्चात एआई ब्यूटी प्रविधिले आवश्यकता अनुसार छाला, आँखा, ओँठ लगायतमा ब्यूटिफाई प्रविधिले उत्कृष्ट नतिजाका लागि काम गर्न थाल्छ । यो फिचरले ब्यक्तिगत तवरमै ब्यूटिफाइ सुविधा उपलब्ध गराउँछ ।

 मोबाइलको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री