बिहीबार, १३ वैशाख २०८१

जसले ललितादेवीको घाँटी रेटेर हत्या गरे

समयपोष्ट २०७४ कार्तिक २९ गते २:३७

सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

Advertisement

धान काट्न आफ्नो खेत गएकी श्रीमती ललिताको हातबाट हँसिया खोसेर यादवले घाँटी रेटेर टाउको अलग गरिदिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । हत्यापछि भागेर घर गएका आरोपित यादवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा हिरासतमा राखेको छ ।

श्रीमान श्रीमतिबीच पारिवारिक कलह र विवाद भइरहेको छिमेकीले बताएका छन् । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री