शनिबार, ८ वैशाख २०८१

शेरधन राईमाथि बम प्रहार भएपछि एमालेले निकाल्यो यस्तो विज्ञप्ति

समयपोष्ट २०७४ कार्तिक २८ गते ७:१२

नेकपा एमालेका नेता एवं भोजपुरमा बाम गठबन्धनका उम्मेदवार शेरधन राईमाथि मंगलबार बम प्रहार भएपछि एमालेले विज्ञप्ति जारी गरेको छ । बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको अध्यक्ष केपि ओलीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।  विज्ञप्तिमा एमाले उम्मेदवार माथिको आक्रमणलाई पार्टीले सिंगो एमाले पंक्तिमाथिको आक्रामण भनेको छ । विज्ञप्तिमा  घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गर्दै बम प्रहारमा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने भएको एमालेको ठहर छ ।

Advertisement

विज्ञप्तिमा यस्ता घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ । 

 

uml

प्रतिक्रिया

सम्बन्धित सामाग्री