मंगलबार, ४ वैशाख २०८१

चुनावी प्रचारमा तेस्रोलिंगी उम्मेदवार पिंकी गुरुङ

समयपोष्ट २०७४ कार्तिक २८ गते ३:०५

नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार रहेकी तेस्रोलिंगी महिला पिंकी गुरुङ अहिले चुनावी प्रचारमा व्यस्त छिन् ।  यस निर्वाचनमा उम्मेदवार हुने उनी एक मात्रै तेस्रोलिंगी महिला हुन् । नयाँ शक्ति पार्टीले निर्वाचन आयोगमा पठाएको सूचीमा पिंकीको नाम ६ नम्बरमा परेको छ ।

Advertisement

‘पहिलो तेस्रोलिंगी महिला जसले आगामी (प्रदेश तथा प्रतिनिधिसभा) उम्मेदवार भएर जनताको घरदैलोमा पुग्न पाउँदा एकदमै खुसी छु । जनताको सकारात्मक प्रतिक्रिया पाइरहेकी छु,’ नयाँ शक्ति नेपालको संस्थापक सदस्यसमेत रहेकी गुरुङले भनिन् ।

१० वर्षअघि तेस्रोलिंगी महिलाको रूपमा परिचय सार्वजनिक गरेकी पिंकी जनताको घरदैलोमा पुग्दा तेस्रोलिंगी समुदायलाई हेर्ने र गर्ने व्यवहारमा आएको परिवर्तन देखेर दंग छिन् ।

भनिन्, ‘जनताको व्यवहारले मलाई एकदम उत्साहित बनाएको छ ।, उहाँहरूले गर्नुभएको सम्मान र मप्रति देखाउनुभएको मायाले हाम्रो समुदायलाई हेर्ने दृष्टिकोणमा आएको महसुस गरेको छ ।’ समुदायको प्रतिनिधित्व गरे पनि समग्र जनताको लागि काम गर्ने दृढ संकल्प रहेको उनको भनाइ छ ।,  नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री