बुधबार, २६ वैशाख २०८१

‘वाम गठबन्धन भत्काउन विदेशी शक्तिको चलखेल शुरु’

समयपोष्ट २०७४ कार्तिक २७ गते १२:४३

नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले र नेकपा ९माओवादी केन्द्र० बीचको वाम गठबन्धन भत्काउन विदेशी शक्ति लागिपरेको विचार व्यक्त गरेका छन् । 

Advertisement

स्थानीय थलीमा एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनबाट कम्युनिष्टले बहुमतसहित सरकार सञ्चालन गर्ने सम्भावनाले विदेशी शक्तिले आत्तिएर गठबन्धन भत्काउन चलखेल गरिरहेको बताए। 

“पाँच वर्ष वामपन्थीको नेतृत्वमा स्थिर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्ति गठबन्धन तोड्न सक्रिय भएका छन्”, उनले भने, “तर हामी त्यस्ता विदेशी चलखेललाई पराजित गर्दै वाम गठबन्धनलाई जोगाउँदै पार्टी एकता गर्दछौँ ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री