मंगलबार, ४ वैशाख २०८१

विचार मिल्ने पार्टीबीच एकता आवश्यक छ,काँग्रेसले पनि विचार मिल्नेसँग एकता गर्दा हुन्छ : दाहाल

समयपोष्ट २०७४ कार्तिक २७ गते ५:०८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले विचार मिल्ने पार्टीबीच एकता आवश्यक रहेकाले नेपाली काँग्रेसलाई  विचार मिल्नेसँग एकता गर्न सुझाव दिएका छन् । 

Advertisement

चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका दाहालले सोमबार पत्रकारहरुसंग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् । पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले चुनावपछि नेकपा एमाले र माओवादी केन्द्रबीच समेत पार्टी एकता हुँने जानकारी दिए । उनले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रष्ट पारे । 

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको भन्दै चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको बताए । 

 चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा दैनिक रुपमा सक्रिय दाहालले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए । 

चितवनमा दाहालको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री