बिहीबार, २० फागुन २०७७

एनआइसी एशिया बैंकको शाखा अब जुम्लामा पनि

समयपोष्ट २०७४ कार्तिक २७ गते ४:५३

एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । 

Advertisement

जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावललेगरे ।   बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको बताए । 

न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको एनआइसी एशिया बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक कालीबहादुर रोकायाले बताए । 

Advertisement

बैंकिङ सेवा विस्तारका क्रममा एनआइसी एशिया बैंकको शाखासँगै जुम्लामा अब बैंकको सङ्ख्या १० पुगेको छ । नेपालभर १३५ शाखा विस्तार गरेको यो बैंकले जुम्लाका सबै स्थानीय तहमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री