शुक्रबार, १४ वैशाख २०८१

आफुलाई बुढो भनेकोमा दुःख व्यक्त गर्दै ट्रम्पले भने ‘मैले किम जोङ उनलाई पुड्के र मोटे भनेको छैन’

समयपोष्ट २०७४ कार्तिक २७ गते ३:२१

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच फेरि वाकयुद्ध सुरु भएको छ । साउत चाईना सी को विवाद समाधान गर्नका लागि आफु मध्यस्तकर्ता बन्न तयार रहेको बताउने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत उत्तर कोरियाली शासक किम जोङउनलाई केहि पनि पुड्के र मोटे नभन्ने बताएका छन् । 

Advertisement

उत्तर कोरिायली बिदेशमन्त्री शनिबार ट्रम्पलाई युद्ध रुचाउने र बृद्ध ब्यक्ति भनेका थिए । ट्रम्पको आलोचना गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले प्योङयाङले परमाणु अस्त्रको विकास नरोक्ने पनि बताएका थिए । 

ट्रम्पले उत्तर कोरियालीले आफुलाई किन बुढो भनेर अपमान गरेको होला भन्दै ट्विट गरेका छन् । आफुले उत्तर कोरियाल नेता किम जोङ उनको साथी बन्न धेरै नै प्रयास गरेको भन्दै उनले कुनै दिन त्यो सम्भव हुन सक्ने विश्वास पनि सार्वजनिक गरेको छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री