आइतबार, २२ असार २०८२

पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति घोषणा गर्ने मै हुँ : प्रधानमन्त्री

समयपोष्ट २०७४ कार्तिक २६ गते ५:११

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको प्रशंग उल्लेख गर्दै काँग्रेस सधैँ शेर्पा समुदायको साथमा रहेको बताए । 
उनले योपटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै काँग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको बताए । सो अवसरमा काँग्रेस सभापति देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यक रहेको बताए । 
रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री