शनिबार, २९ वैशाख २०८१

नारायणगढ-मुग्लिन सडकखण्ड आजबाट यि समयमा बन्द हुँदै

समयपोष्ट २०७४ कार्तिक २६ गते ४:५९

नारायणगढ-मुग्लिन सडकखण्ड आईतबारबाट एक हप्तासम्म विभिन्न समयमा बन्द हुँने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्डकाे स्तराेन्तिकाे कामलार्इ तीव्रता दिन नारायणगढ-मुग्लिन सडक खण्डनिर्माण अायाेजनाले विभिन्न समयमा अावागमन रोक्ने तयारी गरेको हो । सडक खण्ड आजदेखि एकहप्ता परिक्षण स्वरुप बिहान ७ बजेदेखि ८ः३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्ता काँटिदै छ । नारायणगढ-मुग्लिन सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७ सय मिटरमा भित्ता काट्ने काम बाँकी छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री