बुधबार, १२ वैशाख २०८१

निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो,चुनावी सुरक्षाबारे छलफल गरिने

समयपोष्ट २०७४ कार्तिक २६ गते ४:५१

निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आईतबार छलफल गर्ने भएको छ ।  पछिल्ला केही दिनदेखि आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारमाथि आक्रमणका प्रयासहरु बढ्न थालेपछि आयोगले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गर्न लागेको हो । 

Advertisement

निर्वाचन आयोगका आयोगका प्रवक्ता नवराज ढकालले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आयोगले आइतबार दिउँसो १ बजे छलफल गर्न लागेको बताए । 

छलफलमा आयोगका पदाधिकारीहरुले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुका साथै उम्मेदवारको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री