शुक्रबार, १४ वैशाख २०८१

कोरियाको जी मनी ट्रान्सबाट पठाएको पैसा सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट लिन सकिने

समयपोष्ट २०७४ कार्तिक २४ गते ७:४४

जापानको  रेमिट्यान्स  कम्पनी  सिटी  एक्सप्रेस  मनी  ट्रान्सफर जापान र  कोरियाली  कम्पनीको  संयुक्त लगानीमा  स्थापित  कम्पनी जि मनी ट्रान्सले आगामी शनिवारदेखि सेवा सुरु गर्ने भएको छ । दक्षिण कोरिया सरकारले गत जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनका लागि आवेदन माग गरेको थियो । जसमा जि मनी ट्रान्सले पनि सेवा संचालनको अनुमति पाएको छ । 

Advertisement

अनुमती पाएसंगै  नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्यको सम्झौता भएको छ । जसअनुसार कम्पनीको कोरियास्थित आन्सान शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ। नेपालमा देशभरीका सिटी एक्सप्रेस मनी ट्रान्सफरका पाँचसय भन्दा धेरै भुक्तानी केन्द्रहरुबाट रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।  कम्पनीका अनुसार कोरियाबाट पैसा पठाएको दश मिनेटमै नेपालमा आफन्तले पैसा लिन सक्ने ब्यबस्था मिलाइएको छ ।

हाललाई कम्पनीको आन्सान शाखाबाट मात्र सेवा सञ्चालन गर्न लागेको जि मनी ट्रान्स ले केही दिन मै मोबाइल एप बाट पनि सेवा शुरु गर्ने प्रेस बिज्ञप्तीमार्फत जनाएको छ । मोबाईल एप सेवा पूर्ण अनलाइन  रजिष्टर गर्न मिल्ने खालको  हुने र मोबाईल एप शुरु भैसकेपछि  सेवाग्राहीले  घरमै बसेर  दर्ता  गर्न  सक्ने बताइएको छ।
 जि मनीको सेवा उपयोग गर्दा तोकिएको रकम पठाउने न्यूनतम शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले  अमेरिका जापान यूएर्इ भारत साउदी अरब कतार मलेसिया बेलायत लगायत नेपालीहरु कार्यरत सबैजसो मुलुकहरुबाट बिभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री