शुक्रबार, १४ वैशाख २०८१

मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९० लाख कित्ता साधारण सेयर निष्काशन हुँदै

समयपोष्ट २०७४ कार्तिक २४ गते ६:०३

मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले  संस्थापक बाहेकको ४९ प्रतिशतले हुने २ अर्ब ९४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।  कम्पनीले उक्त सेयर निष्काशनको प्रस्ताव पारित गर्नका लागि आगामी मंसिर १८ गते छैठौ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले  सेयर निष्काशन गर्न प्रभु क्यापिटल, सिभिल क्यापिटल, एस क्यापिटल,सिबिआईएल क्यापिटल, सानिमा क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र लक्ष्मी क्यापिटललाई सह निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ । 

Advertisement

कम्पनीले उल्लेखित सेयरहरु तीन चरणमा जारी गर्ने जनाएको छ ।  पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल एक अर्व १७ करोड बराबरको एक करोड १७ लाख कित्ता सेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड बराबरको २१ लाख कित्ता सेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड बराबरको ६ लाख कित्ता सेयर जारी गर्नेछ ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि  ६० करोड बराबरको ६० लाख कित्ता र तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि ९० करोड बराबरको ९० लाख कित्ता सेयर जारी गर्नेछ । सेयर निष्काशन प्रक्रिया साधारणसभाबाट सेयर निष्काशन प्रस्ताव पारित भएपछि सुरु हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री