शनिबार, १५ वैशाख २०८१

भार्गव विकास बैंकको हकप्रद आजबाट खुल्यो

समयपोष्ट २०७४ कार्तिक २४ गते ४:२५

भार्गव विकास बैंकले एक सय रुपैयाँ अंकित दरको २१ लाख १२ हजार कित्ता शेयर निष्कासन गरेको छ । बैंकले ८० प्रतिशत अर्थात १० बराबर ८ को अनुपातमा शुक्रबारदेखि हकप्रद निष्कासन गरेको हो ।  हकप्रदमा आवेदन दिने अन्तिम म्याद मंसिर २८ गते रहेको छ । 

Advertisement

शेयरधनीहरुले बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटलका साथमा भार्गव विकास बैंकका सम्पूर्ण शाखा कार्यालय र एनएमबि बैंक विभिन्नको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्तापूँजी २६ करोड ४० लाख रहेको छ । हकप्रद निष्कासन पश्चात बैंकको चुक्तापूँजी ४७ करोड ५२ लाख पुग्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री