शनिबार, ८ वैशाख २०८१

उत्तर कोरियालाई बिश्वबाट एक्लो बनाउन ट्रम्पले चिनियाँ राष्ट्रपति सि लाई गरे यस्तो आग्रह

समयपोष्ट २०७४ कार्तिक २३ गते ८:३८


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गरेका छन् । हाल चीनको भ्रमणमा बेइजिङमा रहेका उनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई सो अग्रह गरेका हुन । 

Advertisement

‘चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस र कडा मेहनेतका साथ काम गरोस भन्ने अमेरिका चाहन्छ । ’ उनले भने–‘समय छिटो छिटो अघि बढिरहेको छ तर उत्तर कोरिया भने आणविक सङ्कट झन चर्काउँदै छ, त्यसैले समाधानको बाटो पनि चाँडै खोजिनुपर्दछ ।’ 

चिनियाँ राजधानी बेइजिङमा चीनका व्यापारिक प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले चीनलाई सो आग्रह गरेका ह्नु। राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भने– मैले तपाईंहरुका महान राष्ट्रपतिलाई यो भनिरहेको छु कि जतिसक्दो चाँडै कोरिया सङ्कट समाधानको पहल होस् समय धेरै अघि बढिसकेको छ । ’

आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा उनी निकै आक्रामक बन्दै आएका छन्। राष्ट्रपति ट्रम्पले बुधबार मात्र पनि दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै उत्तर कोरियालाई क्रुर एवम् तानाशाहको संज्ञा दिएका थिए । 

उनले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गरे । उनले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन गरेका थिए । । 

कोरियाली प्रायद्वीप र अफगान मुद्धामा समन्वय हुन्छ– राष्ट्रपति चिनफिङ 

यसैबीच चिनियाँ राष्ट्रपति सि चिनफिङले कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्धामा चीनले अमेरिकासँग समन्वय गर्ने बताए । 

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति चिनफिङले भने– ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री