शुक्रबार, १४ वैशाख २०८१

महालक्ष्मी विकास बैंकको खुद नाफा १४.९२ प्रतिशतले घट्यो

समयपोष्ट २०७४ कार्तिक २३ गते ५:०७

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख ४३ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । गतवर्षको यसै अबधिमा बैंकले ६ करोड ६२ लाख २८ हजार नाफा आर्जन गरेको थियो ।  बैंकको खुद नाफा १४.९२ प्रतिशतले घटेको हो । 

Advertisement

बैंकको सञ्चालन मुनाफा २ करोड ४५ लाख ऋणात्मक भएको छ । यति विकास बैंकलाई गाभेको बैंकको खु्द ब्याज आम्दानी बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च अत्याधिक भएपछि सञ्चालन मुनाफा ऋणात्मक भएको हो ।

बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रहेको छ । यति विकास बैंकलाई गाभेपछि बैंकको चुक्ता पूँजी र जगेडा कोषको आकार बढेको हो । बैंकले यस अवधिमा २५ अर्ब १४ करोड निक्षेप संकलनगरी २० अर्ब १२ करोड कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशत छ । 

यस अवधिमा बैंकले ११ करोड ७६ लाख खराब कर्जा उठाएको छ । अझै पनि बैंकले ९ करोड ६७ लाख सम्भावित जोखिम काेषमा राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५६ पैसा छ, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७० पैसा रहेको बैंकको सिडि रेशियो ६९.७५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री