शुक्रबार, १४ वैशाख २०८१

माछापुछ्रे बैंकको खुद नाफा १३.८३ प्रतिशतले बढ्यो

समयपोष्ट २०७४ कार्तिक २१ गते ७:०२

माछापुछ्रे बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गतबर्षको यसैअवधिको तुलनामा बैंकको नाफा ४ करोड अर्थात १३.८३ प्रतिशत बढी हो ।बैंकको खुद ब्याज आम्दानी १४.३६ प्रतिशत र संचालन मुनाफा २०.४९ प्रतिशतका दरले बढेको छ ।  बैंकको प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैया ३५ पैसा रहेको छ । गतबर्ष बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १७ पैसा थियो ।

Advertisement

बैंकले यसअवधिमा  खराब कर्जाको आकार घटाएर  ०.४९ प्रतिशतमा झारेको छ । गतबर्ष बैंकको खराब कर्जा ०.५४ प्रतिशत रहेको थियो । बैंकले यस अवधिमा ३ करोड ३६ लाख खराब कर्जा उठाएको छ । बैंकले सम्भावित जोखिममा ८ करोड ४३ लाख राखेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप करिव २ अर्ब रुपैयाँ बढेर ६० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत असारमा निक्षेप ५८ अर्ब ६२ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ बढेर ५४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको कर्जा लगानी गत असारमा ५१ अर्ब ८६ करोड रुपैयाँ थियो । बैंकको निक्षेप ३.७२ प्रतिशत तथा कर्जा तथा सापटी ९.११ प्रतिशतले बढेको छ ।

बैंकले चुक्तापुँजी ४ अर्ब ६६ करोडबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको जगेडाकोषमा एक अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री