शनिबार, ८ वैशाख २०८१

कृषि विकास बैंकले पनि घटायो नाफा

समयपोष्ट २०७४ कार्तिक २० गते ७:५४

कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख ७१ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४२ करोड २३ लाख ९१ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

Advertisement

पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी दुर्इ अर्ब ९२ करोड छ भने गत वर्षको यहि अवधिमा आम्दानी दुर्इ अर्ब २० करोड रुपैयाँ थियो। बैंकले पहिलो तीन महिनामा ९९ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब २० करोड ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ छ। जगेडा कोषमा १० अर्ब २३ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको पूँजी कोष अनुपात १७.९९ प्रतिशत रहेको छ भने खराब कर्जा ३.५४ प्रतिशत छ। बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री