शुक्रबार, १४ वैशाख २०८१

उद्यमी बन्ने चाहना भएका विद्यार्थी रोज्छौँ : नरोत्तम अर्याल, प्रिन्सिपल, किङ्स कलेज

समयपोष्ट २०७४ कार्तिक २० गते ४:१६

हामीले बीबीए र एमबीए प्रोग्राम सञ्चालन गरिरहेका छौँ । बीबीए अमेरिकन वेष्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कार्यक्रम हो । कलेजमा हाल ६ सय विद्यार्थीहरू अध्ययनरत छन् । हामी हरेक वर्ष एक सेमेस्टरमा ६० विद्यार्थी भर्ना लिन्छौँ । विद्यार्थीहरूले बीबीए कोर्स पूरा गर्न विश्वविद्यालयको दुई हजार डलरजति लाग्छ । त्यसबाहेक ५ लाख ५० हजारजति कलेजको फि तिर्नुपर्ने हुन्छ । 

Advertisement

विद्यार्थीलाई हामीले परीक्षा लिनेभन्दा पनि हरेक हप्ता विद्यार्थीहरूलाई असाइनमेण्ट गर्न लगाउँछौं । विद्यार्थीहरूले असाइनमेण्ट डिजिटल प्लेटफर्मको माध्यमबाट प्रपर एकेडेमिक राइटिङ फलो गरेर बुझाउनुपर्ने हुन्छ । विद्यार्थीहरूले अरूको चोर्ने, सार्ने गर्न सक्दैनन् । सटवेयरले विद्यार्थीहरूले कुन सोर्सबाट कति सारे भन्ने कुरा पत्ता लगाइहाल्छ । त्यस कारण विद्यार्थीहरूले कतैबाट चोर्न र सार्न सक्दैनन् । 

हिजो विद्यार्थीहरूले आफूले घोकेका कुरा सम्झेर जाँच दिनुपथ्र्यो तर यो बीबीए प्रोग्राममा विद्यार्थीहरूले आफैँ सोचेर, क्रिटिकल्ली रिसर्च गरेर गर्नुपर्ने पेपरहरू हुन्छ । हामी विद्यार्थीहरू पढाइबाहेक अन्य के–के कुरामा इन्गेज छ भनेर हेर्छौं । त्यसलाई रेकर्ड गरेर उसलाई स्कलरसिपमा सेलेक्ट गर्दा अनि उसको ग्रेडिङमा त्यो माक्स प्रयोग गर्छौं । 

हामीले पढाइलाई मात्र फोकस गर्दैनौँ । यो कलेजमा आएर विद्यार्थीहरू मेहनत नै नगरी पढ्न सक्दैनन् । त्यसैले जो विद्यार्थी म आफैँ मेहनत गर्छु ,पढाइबाहेक अन्य क्रियाकलापमा सक्रियरूपमा लाग्छु, एउटा राम्रो उद्यमी बन्छु भन्छ, त्यस्ता विद्यार्थीहरूले हाम्रो कलेज रोज्न सक्छन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री