शनिबार, ८ वैशाख २०८१

 विद्यार्थीलाई जापान तथा बेल्जियममा पारिश्रमिकसहित इन्टर्नसिपमा पठाउँछौँ :लक्ष्मण पोखरेल, प्राचार्य, लिबर्टी कलेज

समयपोष्ट २०७४ कार्तिक २० गते ४:०१

नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत ८ वर्षदेखि दक्ष तथा अनुभवी जनशक्ति उत्पादन गरिरहेको यस लिबर्टी कलेजले यसै शैक्षिक सत्रदेखि होटल व्यवस्थापन विषयको समेत कक्षा सञ्चालन गर्न गइरहेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बी.बी.ए. तथा बी.एच.एम. कार्यक्रम सञ्चालनमार्फत् व्यवहारिक शिक्षा प्रदान गर्ने अभिाभारा यस कलेजको दायित्वभित्र परेको छ । बी.बी.ए.अन्तर्गत चारवटा व्याचलाई दीक्षित गरिसकेको यस कलेजमा बी.एच.एम. कार्यक्रममा पनि विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति रहने कुरामा हामी विश्वस्त छौँ ।

Advertisement

नेपालमै पहिलो पटक बी.एच.एम. अध्ययनरत विद्यार्थीहरूलाई जापान तथा बेल्जियममा आकर्षक पारिश्रमिकसहितको इन्टर्नसिपको व्यवस्था गरिएको छ, जसले गर्दा विद्यार्थीहरूले पैसाको अभावमा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था नआउनेमा कलेज प्रतिबद्ध छ । इन्टर्नसिपको एक वर्षे अवधिमा मासिक करिब एक लाख रूपैयाँसम्म आय आर्जनको सुनिश्चितता गरिएको छ । लिबर्टी कलेज र एन.आर.एन.को सहकार्यमा विदेशस्थित प्रतिष्ठित स्टार होटलहरूमा इन्टर्नसिपका साथै तह पार गरिसकेका विद्यार्थीहरूलाई जागिरको अवसरसमेत उपलब्ध गराउने उद्देश्य रहेको छ । अध्ययनकै समयमा प्रसस्त कमाइ गर्ने सुनौलो मौका प्राप्त गर्नु सम्बन्धित विद्यार्थीहरूका लागि पनि एकदमै खुसीको कुरा हो । 

कलेजभित्रै पनि पर्याप्त मात्रामा प्रयोगशाला तथा काठमाडौँमा रहेका उत्कृष्ट होटलहरूबाट समेत प्रयोगात्मक सीप विकासको अवसर प्रदान गरी व्यक्तिको समग्र पक्षको विकासमा टेवा पुर्याउन कलेज कटिबद्ध रहेको छ । होटल व्यवस्थापनको क्षेत्रमा प्रयोगात्मक सीप तथा अन्तर्राष्ट्रिय भाषा सिक्ने अवसरसमेत कलेजबाट प्रदान गर्ने गरी बी.एच.एम. कार्यक्रमको सुरुवात यसै शैक्षिक सत्रदेखि गरिएको छ । छात्रवृत्तिको अवसरसँगँगै बी.एच.एम. तथा  बी.बी.ए. कार्यक्रमको भर्ना सुचारु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री