शुक्रबार, १६ चैत २०८०

ट्रेनिङ प्लेसमेण्ट मार्फत् विद्यार्थीलाई क्यापेबल बनाउँछौँ : ई. रमेश श्रेष्ठ, प्रिन्सिपल, सगरमाथा इन्जिनियरिङ कलेज

समयपोष्ट २०७४ कार्तिक २० गते ३:५६

हाम्रो कलेज २०६७ सालमा स्थापना भएको हो । हामीले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर दुई बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन र बीई सिभिल पढाइरहेका छौँ । अहिले २०७४ को व्याचमा हामीले बीई कम्प्युटर थपेका छौँ । यो बीचमा चारवटा व्याच ग्र्याजुयट भएर बजारमा पठाइसकेका छौँ । जब प्लेसमेण्ट हाम्रो सतप्रतिशत छ । यहाँबाट ग्र्याजुयट भएका कोही पनि बेरोजगार बस्नुपरेको छैन । विद्यार्थी क्यापासिटी तीनवटैमा ४८–४८ जनाको हो । हामीले अहिले आठौँ व्याचलाई भर्ना लिएका छौँ । चारवटा व्याच त पास आउट नै भइसक्यो । यी प्रोग्रामहरू पढ्नका लागि दश लाख हाराहारीमा खर्च हुन्छ । बीई इलेक्ट्रोनिक्स र कम्प्युटरको दश लाख भन्दा थोरै कम हुन्छ । सिभिलको दश लाख भन्दा थोरै बढी छ । 

Advertisement

हामीले कलेजमा ट्रेनिङ  एण्ड प्लेसमेण्ट युनिट राखेका छौँ । त्यसले विद्यार्थीहरूलाई सिलेबसमा मात्रै फोकस गरेर चार वर्षमा सिलेबसका कुराहरू मात्र दिने भन्दा पनि कस्तो किसिमका ट्रेनिङ  विद्यार्थीहरूलाई दिँदा बजारका लागि ऊ तयार छ भन्ने कुरालाई जोड दिएका छौँ । विभिन्न कम्पनीहरू जसले हाम्रो ग्र्याजुयटहरूलाई रोजगार दिन्छन्, त्यस्ता कम्पनीहरूमा विद्यार्थीहरू प्लेसमेण्ट गर्छौं । 

एउटा त हामीले फोकस गर्ने भनेकै विद्यार्थीको क्षमता विकासको लागि चार वर्षको दौरानमा कस्तो खालको क्षमताको विकास गराएर बजारमा पठायो भने उसलाई बजारले अथवा कम्पनीले हायर गर्छ, त्यसको लागि तयार गर्न हामी विद्यार्थीहरूलाई ट्रेनिङ दिन्छौँ । सँगसँगै ग्र्याजुयट हुन–हुन लाग्दा थर्ड एयर क्रस गरेर फोर्थ एयर पुग्दा फोर्थ एयरको सेकेण्ड सेमेस्टरमा हामी विद्यार्थीहरूलाई कम्पनीसँग अन्तरक्रिया गराउँछौँ । कम्पनीले कलेजमै आएर विद्यार्थीहरूसँग इन्टरभ्यु, ग्रुप डिस्कसन गर्छ । अनि हाम्रा विद्यार्थीहरूलाई हामीले कम्पनीमा पठाउँछौँ ।

हाम्रो अलिकति पोजेटिभ भनेको ट्रेनिङ प्लेसमेण्टमार्फत् विद्यार्थीहरूलाई हामी क्यापेबल बनाउँछौँ । दोस्रो, हाम्रो लगभग ६० देखि ७० प्रतिशत फुयाकेल्टी मेम्बरहरू आफैँ प्रमोटर नै छौँ । हामी ६० देखि ७० प्रतिशत टिचरहरू यहाँ फुलटाइम बसेर काम गरिरहेका छौँ । म लगायत हामी साथीहरू इन्जिनियरिङ एजुकेशनमा लगभग १८ वर्ष लागेका मात्रै यहाँ छौँ । त्यति सिनियर फुयाकेल्टीहरू भएको प्राइभेट इन्जिनियररिङ कलेज अरू छैन जस्तो लाग्छ । त्यस कारण हाम्रो रिजल्ट पनि अरूको भन्दा राम्रो छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री