शनिबार, १५ वैशाख २०८१

पहिलो आईटी कलेजको रूपमा स्थापित भइसकेका छौं : पंकज जलान, अध्यक्ष, लर्ड बुद्ध एजुकेसन फाउण्डेसन

समयपोष्ट २०७४ कार्तिक २० गते ३:३२

हामीले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी इनोभेसन युनिभरसिटी मलेसियासँग शैक्षिक सहकार्य गरी सूचना प्रविधि र व्यवस्थापन सङ्कायमा स्नातक तहको बीएएसस्सी आईटी र बीबीएम विषयमा अध्यापन गराउँदै आएका छौँ ।

Advertisement

यी भनेका तीन वर्षे कार्यक्रमहरू हुन् । मलेसियाको युनिभरसिटीसँग एकेडेमिक प्लानहरू सबै फलो भएको हुनाले तीन वर्षको तीन वर्षमै पूरा हुन्छ । ६ देखि साढे ६ लाखसम्ममा यी कार्यक्रम पूरा हुन्छन् । 

हाम्रो कलेज सञ्चालनमा आएको करिब १८ वर्ष भइसकेको छ । यो कलेज नेपालको पहिलो आईटी कलेजको रूपमा स्थापित भइसकेको संस्था हो । १९९८ देखि हामीले सूचना प्रविधिमा स्नातकोत्तरको अध्यापन गराइरहेका छौं ।

विगत १८ वर्षदेखि निरन्तर सूचना प्रविधि र व्यवस्थापन गरेर करिब ६ हजार विद्यार्थी हाम्रो कलेजबाट पास आउट भइसकेका छन् । हाम्रा विद्यार्थीहरू देश, विदेश, सरकारी, गैरसरकारी, एनजीओ, आईएनजीओ सबैमा काम गरिरहेका छन् । कुनै पनि त्यस्तो ठाउँ छैन, जहाँ हाम्रो विद्यार्थी नहोस् । त्यसले गर्दा विगतको जुन हाम्रो अनुभव छ र अहिले हामीले जे गरिरहेका छौँ, यी कुराले गर्दा विद्यार्थीहरूले हामीलाई विश्वास देखाइरहनुभएको छ र भविष्यमा पनि देखाइरहनुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री