शनिबार, ८ वैशाख २०८१

बाम गठबन्धनको जितसँगै वैदेशिक रोजगारी शून्यमा झार्छौं : अध्यक्ष ओली

समयपोष्ट २०७४ कार्तिक १७ गते १०:२९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताएका छन् । 

Advertisement

झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताए । 

“एमालेको सरकार हुँदा १८ प्रतिशत वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो”, पूर्वप्रधानमन्त्री समेत रहनुभएकाले ओलीले भने, “गठबन्धनको जितसँगै त्यसलाई शून्यमा झार्छौं ।” 

अध्यक्ष ओलीले अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिए । 

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका अध्यक्ष ओलीले भने, “देशमा जुनसुकै व्यवस्था भए पनि मुलुकले समृद्धि र विकासको पथ समात्नुपर्छ ।” 

उनले बिपी, गणेशमान जस्ता नेताले लोकतन्त्रको पक्षमा लडे पनि अहिलेको काँग्रेस व्यक्तिगत स्वार्थमा फसेको आरोप लगाए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री