बिहीबार, १३ वैशाख २०८१

एसबिआई बैंकको प्रतिसेयर आम्दानी घट्यो,खुद नाफा भने २३.८५ प्रतिशतले बृद्धि

समयपोष्ट २०७४ कार्तिक १७ गते ७:५५

नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ८६ लाख ६५ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ ।  बैंकले गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३५ करोड ४१ लाख ७८ हजार रुपैंया खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा २३.८५ प्रतिशतले बढेको हो ।

Advertisement

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ८८ करोड ३७ लाख ३६ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकले २८ प्रतिशत बोनस बितरण गरेको थियो । उक्त बोनस पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गरेर बैंकले अहिले चुक्ता पूँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैंया कायम गरेको छ । समीक्षा अवधिमा बोनस र हकप्रदबाट बैंकको चुक्ता पूँजी ७९.५१ प्रतिशतले बढेको हो ।

 बैंकको प्रतिसेयर आम्दानी २५ रुपैंया १७ पैसा कायम भएको छ ।  गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैंया ४७ पैसा थियो । 

बैंकको जगेडाा कोषमा ४ अर्ब ३५ करोड २ लाख ७३ हजार रुपैंया सञ्चित छ । बैंकको सिसिडि रेसियो ७८.२६ प्रतिशत रहेको छ ।   बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६२ रुपैंया ४० पैसा रहेको छ भने  मूल्य आम्दानी अनुपात ३२.९६ गुणा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री