शुक्रबार, १४ वैशाख २०८१

अन्तत् कांग्रसले टुंगो लगायो ४५ जिल्लाका उम्मेदवार

समयपोष्ट २०७४ कार्तिक १६ गते ८:१४

नेपाली कांग्रसले दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको संसदीय बोर्ड बैठकले प्रतिनिधिसभाका १ सय २८ सदस्य र प्रदेश सभाा २ सय ५६ सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम टुंगो लगाएको हो ।

Advertisement

कांग्रेसले केही स्थानमा राप्रपा र राप्रपा नेपालका लागि सिट खाली गरेको छ । वामगठवन्धन जस्तै कांग्रेसले लोकतान्त्रिक गठवन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

कांग्रेसले कमल थापा नेतृत्वको राप्रपाका लागि दैलेख, मकवानपुर क्षेत्र नम्बर १ , काठमाडौं क्षेत्र नम्बर ७ र पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका लागि चितवन क्षेत्र नम्बर ३ र रुपन्देही क्षेत्र नम्बर ३  छाडेको छ । 

ती क्षेत्रमा कांग्रेसले उम्मेदवारी नदिई राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई सहयोग गर्ने निर्णय गरेको निर्वाचन प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिए।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा, तनहुँ १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला नवलपरासी १, नेता प्रकाशमान सिंह काठमाण्डौ १,कृष्णप्रसाद सिटौला झापा ३ र बिमलेन्द्रनिधी धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।

अन्तिम अवस्थामा आएर कांग्रेसले पुर्वसभामुख दमननाथ ढुंगानालाई भक्तपुर २ बाट उम्मेदवार बनाएको छ । पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि ३२ वटा जिल्लामा ३७ वटा प्रतिनिधि सभा र ७४ प्रदेश सभाको निर्णय यसअघि नै भईसकेको छ ।


 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री