शनिबार, १५ वैशाख २०८१

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आईपिओ जारी गर्ने

समयपोष्ट २०७४ कार्तिक १६ गते ७:१६

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मुल्यका ७८ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

Advertisement

कम्पनीले साधारण शेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।  हिमालय दोलखा र लक्ष्मी क्यापिटलबीच शेयर निष्कासन बारे सम्झौता भएको छ । सम्झौतापत्रमा लक्ष्मीका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हिमाल दोलखाका फाइनान्स म्यानेजर अनन्त कार्कीले हस्ताक्षर गरे ।

कम्पनीले साढे चार मेगावाट क्षमताको माइ खोला साना जलविद्युत आयोजना र ८ मेगावाटको माइ साना क्यास्केड जलविद्युत आयोजना निर्माण गरेको छ। ७२ करोड ५३ लाख रुपैयाँको लागतमा माइखोला साना जलविद्युत निर्माण भइसकेको छ भने माइ साना क्यासकेड एक महिनाभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

यसको लागत एक अर्ब ३४ करोड ५७ लाख रुपैयाँ छ। दुबै योजनाको प्रति मेगावाट लागत १६ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री