शुक्रबार, १४ वैशाख २०८१

जापानमा रहेका नेपालीबाट विद्यालयका लागि २२ लाखभन्दा बढीको सहयोग

समयपोष्ट २०७४ कार्तिक १६ गते ५:४०

बागलुङको एक विद्यालयका लागि जापानमा रहेका नेपालीबाट मात्रै रु २२ लाखभन्दा बढीको आर्थिक सहयोग संकलन भएको छ । 

Advertisement

गल्कोट नगरपालिका–८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिबाट मात्रै रु ३० लाख ५७ हजार ८६७ संकलन भएको विद्यालयका भूपू विद्यार्थी एवं पत्रकार मेघराज सापकोटा रिष्मेलीले जानकारी दिए । 

विद्यालयका भूपू विद्यार्थी हाल जापानका विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा कार्यरत यस क्षेत्रका झण्डै एक दर्जनभन्दा बढी नेपालीबाट नगद सहयोग रकम प्राप्त भएको सापकोटाले जानकारी दिए । 
२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० वर्ष प्रवेश गरेको अवसरमा आउँदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हीरक महोत्सव मनाउन गइरहेको छ । 

हीरक महोत्सवलाई लक्षित गर्दै विद्यालयले हाल जापानका विभिन्न स्थानमा आर्थिक संकलन अभियानलाई समेत अगाडि बढाइरहेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए ।  रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री