शनिबार, १५ वैशाख २०८१

केरुङ जाने नेपाली किशोरी बढे: यसकारण जान्छन् केरुङ

समयपोष्ट २०७४ कार्तिक १६ गते ३:४७

नेपालको उत्तरी व्यापारीक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको संख्या बढेको छ । केरुङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेहोर्न नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका हुन् ।

Advertisement

पछिल्लो डेढ महिनामा साढे दुई सयको हाराहारीमा रसुवाका महिला केरुङ गएका छन् । तर गएकामध्ये ५० प्रतिशत फर्कने गरेको माइती नेपाल रसुवाले जनाएको छ ।  चीन प्रवेश गर्ने महिलाको विवरण राख्न माइती नेपालले नाकामा सहायता कक्ष सञ्चालन गरेको छ । केरुङमा काम गर्न जाने महिलाले मासिक १५ देखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन् ।

जिल्लामा रोजगारीको अभाव र गरिबीको कारण त्यसतर्फ जानेको संख्या बढेको देखिन्छ । नागरिक दैनिक बाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री