रियालिटी शोको सुटिङको क्रममा सेटबाट लडेर नायकको मृत्यु

 

Advertisement

नायक एवं मोडल गडफ्रे गाओको टिभी शोको सुटिङको क्रममा लडेर मृत्यु भएको छ।

ताइवानमा जन्मिएका गाओको बिहीबार चीनमा मृत्यु भएको हो ।

३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गरिरहेका थिए । उनी यो कार्यक्रममा ‘गेस्ट’ प्रतिस्पर्धीको रुपमा समावेश भएका थिए । तर अचानक उनी सोको सेटबाट लडे । लडेपश्चात् उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । अस्पतालले उनको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताएको छ । उनको शवलाई बिहिबार ताइवान लगिदै छ।

कार्यक्रममा निर्माताले टिभी इभेन्टको कार्यक्रममा उनी लडेकाकारण उनको मृत्यु भएको पुष्टि गरेका छन् । निर्माताले भने, ‘सुटिङ चलिरहेको थियो । उनी अचानक सेटबाट तल खसे । उनी बेहोस भए । उनी लड्नेबित्तिकै अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषणा गरियो । ’ चिनियाँ मिडियाका अनुसार स्थानीय समयानुसार दिउँसो २ बजे उक्त घटना भएको हो ।

Advertisement

https://www.instagram.com/p/B5IG2NbJbeJ/

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री