सोमबार, ७ जेठ २०८१

ओभर मेक अपले बिग्रियो रानुको रुप, सामाजिक सञ्जालमा फेरी उनकै चर्चा

समयपोष्ट २०७६ मंसिर १ गते १४:३६

Advertisement

रातारात इन्टर्नेटको माध्यमबाट चर्चित बनेकी रानु मण्डलका केही तस्विरहरु सार्वजनिक भएका छन् । भद्दा मेकअपमा देखिएकी उनलाई खासै सुहाएको देखिदैन । सोही तस्विरलाई लिएर अहिले सामाजिक सञ्जालमा उनको मजाक उडिरहेको छ।

रानु मण्डलको ओभर मेकअप फोटो तल लेखिएको छ – ‘ओहो भाई… मार मलाई…।’ राणु मण्डलको रेलवे स्टेशनबाट भाइरल भएको भिडियोको स्न्यापशटसँग बालाका आयुष्मान खुरानाले भनिरहेका छन् -,’गोरी केटी चाहिन्छ।’ तल यामी गौतम क्रीमको प्रचार गरिरहेकी छन् । रानु मण्डल उनको मेकअपको साथ प्रमोट गर्दै छिन्।

 

Advertisement

अर्को मीममा लेखिएको छ,’ कुनै सम्पादन, फिल्टर प्रयोग गरिएको छैन यो प्राकृतिक सौन्दर्य हो।’ एक राणु मण्डलको तस्विर मुनि लेखिएको छ – त्यसो भए मैले के गर्नु पर्छ, काम छोड्नुहोस्।’ साथै रानु मण्डल र हिमेश रेशमियाको तस्विर राखेर मानिसहरुले लेखेका छन्,’ कपल अफ द इयर।’

रेलवे स्टेशनमा अतिन्द्र चक्रवर्तीले बनाएको दुई मिनेटको भिडियोले उनलाई धेरै लोकप्रियता दियो। पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा, रानु मण्डल लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हे’ गाउँदै थिइन् , त्यहाँ गीत सुनिरहेका अतिन्द्र चक्रवर्तीले एक भिडियो बनाएर फेसबुकमा शेयर गरेका थिए ।

‘एक प्यार का नगमा हे’ गाउँदै रानु मण्डल सोशल मीडियाको चर्चामा आइन् । यो गीत रानुले गाउने बित्तिकै भाईरल भयो। रानु मण्डल लता मंगेशकरको ठूलो फ्यान थिइन्। रानुको यो गीत बलिउड छिर्ने ढोकाको चाबी बन्यो ।

 

 

 

त्यसपछि गायक र संगीतकार हिमेश रेशमियाले पनि रानु मण्डललाई गीत गाउने अवसर दिए। लता मंगेशकरको गीत गाएर चर्चित बनेकी रानु मण्डलको आफ्नै गीत रिलिज भइसकेको छ । उनले हिमेश रेशमियासँग गाएको गीत ‘तेरी मेरी कहानी’ स्रोताले मन पराएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री