शुक्रबार, १४ वैशाख २०८१

मानव सेवा आश्रमलाई सटी एक्सप्रेसको बाह्र सय थान ज्याकेट हस्तान्तरण

समयपोष्ट २०७६ कार्तिक २९ गते १४:०२

Advertisement

सटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ ।

जाडोयाम लाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो । उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोह बीच हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री