शुक्रबार, १४ वैशाख २०८१

‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ आरम्भ

समयपोष्ट २०७६ कार्तिक २८ गते ११:०८

Advertisement

एनएमबी बैंकले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि–अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ ।

यससंगै आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् । आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व–मूल्यांकन नगरिकनै कामय गरिनेछ ।

‘यो कर्जा सुविधाले ग्राहकहरूको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आउनु भएको अन्योल मेटाउने छ तथा उहाँहरूको आयको आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ ।

यो नवीतम सुविधाले सम्पत्ति खरिद गर्दा सही सूचनायुक्त निर्णय लिन मद्दत गर्नेमा हामी विश्वस्त छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री