शुक्रबार, १६ चैत २०८०

तालचोकमा गरिमा विकास बैंकको नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७६ कार्तिक २५ गते १४:०४

Advertisement

गरिमा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं.–२७,तालचोकमा तालचोक शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

शाखा कार्यालयको उद्घाटन आईतबार लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले गरे ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बरालले पर्यटकीय तथा अन्य व्यवसायिक दृष्टिले सम्भावना बोकेको पोखराको लेखनाथ क्षेत्रमा स्थापित तालचोक शाखाले सर्वसाधारण लगायत साना मझौला तथा ठूला व्यवसायिक क्षेत्रको विकास र विस्तारका लागि आवश्यक पूँजी उपलब्ध गराई लेखनाथ क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए ।

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक सदैव प्रतिबद्ध रहेकै कारण गरिमा विकास बैंक देशकै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित हुन सफल भएको बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । विकास बैंकले २०७६ कार्तिक २३ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री