महालक्ष्मी विकास बैंकद्धारा पिउने पानी,जुसका साथै डस्टविन वितरण
समयपोष्ट
२०७६ कार्तिक २५ गते ११:१९
महालक्ष्मी विकास बैंक लि. ले बुढानिलकण्ठ मन्दिरमा शुद्घ पिउने पानी,जुसका साथै डस्टविन वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको बैंकले हरिबोधनी एकादशीको अवसरमा बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको हो । सोही दिन बैंकले बुढानिलकण्ठ मन्दिरका मठाधिस स्वामी १००८ निगामानन्द महाराजलाई डस्टविन हस्तान्तरण गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
प्रतिक्रिया