मंगलबार, २५ वैशाख २०८१

‘पति, पत्नी और ओ’ सेक्सको कथाको फिल्म होइन’

समयपोष्ट २०७६ कार्तिक २० गते १३:५२

Advertisement

कार्तिक आर्यन,भूमी पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘पति, पत्नी और ओ’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको ट्रेलरमा ‘सेक्स’ सम्बन्धी बिषयवस्तु उठाइएको छ । यसैले, चलचित्रको कथावस्तु के हो भन्ने खालको प्रश्न पनि दर्शकले उठाएका छन् ।

यो बिषयमा नायिका भूमी पेन्डेकरले यस फिल्मले महिला र पुरुषको कथालाई समान रुपमा उठान गरेको बताइन् । उनले भनिन्,‘जब मैले यो चलचित्रको कथा पढेँ, मेरा सबै शंकाहरु हटेका थिए । यो चलचित्र निकै नै कमेडी कथामा छ, तर यसले खराब सन्देश भने दिदैन ।’

भूमीले अगाडि भनिन्–‘मलाई लाग्छ, यो चलचित्रसँग आवद्ध कोही पनि त्यो खालको शिक्षाबाट शिक्षित छैनन् । हामी, चलचित्रको कथालाई टुंग्याउँदा नै सेक्सलाई नै महत्व दिएर सकिनु हुँदैन भन्नेमा सेचत थियौं । जब मैले यो चलचित्रको कथा पढेँ, मलाई निकै नै सुन्दर लाग्यो ।’

Advertisement

चलचित्र हेर्दा ‘सेक्स’ नै मुख्य पाटो हो भन्ने लाग्न नदिन निर्माणटिम सचेत भएको र यसलाई ठूलो उपलब्धी मान्नुपर्ने भूमीको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री