शुक्रबार, १४ वैशाख २०८१

न्यूजिल्याण्डकी प्रधानमन्त्रीको दुई मिनेटको यो भिडियो भाइरल, हालसम्म २७ लाखले हेरिसके

समयपोष्ट २०७६ कार्तिक २० गते ११:३८

Advertisement

 

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आफ्नो सरकारको दुई वर्ष पूरा भएको भन्दै एक भिडियो सार्वजनिक गरेकी छिन् । जसमा उनले आफ्नो सरकारको उपलब्धिबारे जानकारी दिएकी छिन् ।

दुई मिनेटको यो भिडियो  सोसल मिडियामा भाइरल भइरहेको छ ।

 

To mark two years in Government, I was issued a wee challenge…

Posted by Jacinda Ardern on Friday, November 1, 2019

 

अहिलेसम्म यसलाई २७ लाखले हेरिसकेका छन् । भिडियो हेरेपछि मानिसहरुले उनको निकै तारिफ पनि गरेका छन् ।

दुई मिनेटको यो भिडियोमा जेसिन्डाले उनको सरकारले दुई वर्षमा ९२ हजारलाई जागिर दिएको, २२ हजार स्टेट हाउसेज बनाएको, प्रदुषण र क्यान्सरबाट बच्नका लागि शून्य कार्बन बिल सदनमा ल्याएको, हाइवेलाई मानिसहरुका लागि थप सुरक्षित बनाएको, जेलमा कैदीको संख्या कम भएको बताएका छन् । यीबाहेक उनले आफ्नो सरकारका थुप्रै उपलब्धिबारे जानकारी दिएकी छिन् ।

जेसिन्डा अर्डन न्यूजिल्याण्डकी सबैभन्दा युवा प्रधानमन्त्री हुन् । उनी लेबर पार्टीकी नेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री