
भारतको यमुना नदीमा देखिएको डरलाग्दो तस्बिर सामाजिक सञ्जालमा अहिले निकै भाईरल छ ।
सलमान अलि नामक एक फोटोग्राफरले आफ्नो फेसबुक पेजमार्फत नदीको डरलाग्दो तस्बिर सार्वजनिक गरेका छन् ।

गत आईतबार बिहानै नदीमा घाटमा बादल जस्तै अनौठो फिँज उत्रिएको थियो । जसको बीचमा मानिसहरुले छठ पुजा पनि गरेका थिए । अत्यन्तै प्रदुषणको कारण नदिमा त्यस्तो तस्बिर देखिएको हो ।

भारतको केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले केहि वर्षदेखि यमुना नदीमाको पानीको नमुना परिक्षण गरिरहेको छ ।

सीपीसीबीको रिपोर्टमा नदीमा अत्यन्तै हानिकारक केमिकल भेटिएको जनाइएको छ । रिपोर्टमा चाँडै नै यमूनाको अस्तित्व नै संकटमा पर्दै गरेको उल्लेख गरिएको छ ।

सीपीसीबीले नदीमा पानीमा बायो केमिकल र क्लोरीफर्मको मात्रा अत्याधिक रहेको जनाएको छ ।एजेन्सी










प्रतिक्रिया