शुक्रबार, १४ वैशाख २०८१

अब बसको हुड हटाइने, उपत्यकाभित्र प्रवेश गर्ने टिपरलाई वुफर र झल्लरी राख्न बन्देज

समयपोष्ट २०७६ कार्तिक १९ गते ११:२५

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छतमा राखिएको हुड हटाउने
भएको छ ।

सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा सवारी साधन अनियन्त्रित भइ दुर्घटना हुने गरेकाले हुड हटाउने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैगरी महाशाखाले काठमाडौ उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि समेत नयाँ नियम लागु गर्ने भएको छ । जस अनुसार टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ । ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ ।

यी नियम पन्ध्र दिनभित्र लागू गरिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री