शुक्रबार, १४ कार्तिक २०८२

अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह

समयपोष्ट २०८२ कार्तिक १४ गते १८:४३

Advertisement

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सूचना जारी गर्दै अध्ययन बिदा लिए पश्चात फर्केर सेवा नगर्ने शिक्षक र कर्मचारीलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो ।

त्रिविले अध्ययन बिदा लिए पश्चात त्रिविमा फर्कि सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको सर्त उल्लङ्घन गरेको देखिएको बताएको छ ।

सूचनामा अध्ययन बिदा उपभोग गरी हाजिरी नभएका/सर्तअनुसार पूरा समय काम नगरेका/सेवाबाट हटाइएका/राजीनामा स्वीकृत गरी बरबुझारथ नगरेका/ राजीनामा पेस गरी स्वीकृत नभएका शिक्षक तथा कर्मचारीलाई ३५ दिनभित्र समितिको कार्यलयमा उपस्थित हुन आग्रह गरिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री