बिहीबार, १३ कार्तिक २०८२

शेयर बजार बढेर २६ सयको विन्दु माथि, ७ अर्ब ५१ करोड बढीको कारोबार

समयपोष्ट २०८२ कार्तिक १३ गते १५:४२

Advertisement

आज शेयर बजार बढेर २६ सयको विन्दु माथि पुगेको छ ।

आज नेप्से परिसूचक २४.२२ अंक २६००.३८ विन्दुमा पुगेको हो ।

नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ । कारोबारमा आएका २४९ कम्पनीको २ करोड ६० लाख १० लाख ७१८ कित्ता शेयर ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । बुधबार ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।

दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सूपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीकोे शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । एनआईबिएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । यस म्यूचुअल फण्ड ५.७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५.२४ प्रतिशतले घटेको छ ।

Advertisement

कारोबार रकमका आधारमा हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक बढेको छ । सो कम्पनीको एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। राधि विद्युत कम्पनीको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ भने नेपाल रि इन्स्योरेन्स कम्पनीको ३४ करोड १० रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्यूचुअल फण्ड समूहको परिसूचक घटेको छ । हाईड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको हो । विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री