बिहीबार, १३ कार्तिक २०८२

भाषण गर्दा गर्दै ढलेका गौतमको निधन

समयपोष्ट २०८२ कार्तिक १३ गते १५:०६

Advertisement

नेपाल विद्युत् प्राधिकरणको भैरहवा कार्यालयअगाडि ट्रंक तथा डेडिकेटेड महशुल विवादमा उद्योगको लाइन काटिएको विरोधमा आयोजित धर्ना कार्यक्रममा भाषण गर्दागर्दै राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

बिहीबार भैरहवाका उद्योगीहरूसँगै धर्नामा सहभागी ६५ वर्षीय गौतम भाषणको क्रममा अचानक ढलेका थिए।

तत्कालै उनलाई मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइए पनि चिकित्सकले उपचारकै क्रममा मृत घोषित गरेका हुन्।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतमका श्रीमती र दुई छोरा छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री